काठमाडौं, फागनु २३ – बुधबार एकैदिन २२०० रुपैंयाले बढेर प्रतितोला ८० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज फेरी प्रतितोला १८०० रुपैयाँले बढेको छ ।
शुक्रबार सुन १८०० रुपैयाँले बढेर प्रतितोला ८२ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसै गरी शुक्रबार तेजावी सुनको पनि प्रतितोला १८०० रुपैयाँले नै बढेको छ ।विहिबार प्रतितोला ८० हजार ४ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा आज प्रतितोला ८२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
शुक्रवार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ बढ्दैं प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण सुनको भाउ निरन्तर उकालो लागिरहेको व्यवसायिहरुले बताएका छन् ।
FACEBOOK COMMENTS