काठमाडौं, चैत २३ – प्रतिनिधिसभाको बैठक तीन दिनका लागि स्थगित भएको छ । सोमबारको बैठकपछि सभामुख अग्नि सापकोटाले अर्को बैठक चैत २६ गते बिहीबार दिउँसो १ बस्नेगरी स्थगित गरिएको जानकारी गराए । सोमबारको बैठकमा परराष्ट्र र स्वास्थ्य मन्त्रीले सार्वजनिक महत्वको वक्तव्य दिएका थिए ।
त्यस्तै सोमबारकै बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तीसौं बार्षिक प्रतिवेदन,सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन र संघीय निजामति सेवा विधेयकसम्बन्धी प्रतिवेदन पेश भएका छन् ।
FACEBOOK COMMENTS