काठमाडौं, पुस १३ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रतिनिधिसभा पुनःस्थापना गरेरै छाड्ने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को परासीमा पत्रकारसँग कुराकानी गर्दै नेता भुसालले आगामी वैशाखमा हुने भनिएको चुनाव हुनै नसक्ने बताउँदै प्रतिनिधिसभा पुनःस्थापना गरेरै छाडिने बताएका हुन् ।
नेता भुसालले भने–‘मुलुकमा क्षति हुनुभन्दा पहिला नै संसद् पुनःस्थापना गर्नुपर्छ, हामी पुनःस्थापना गरेरै छाड्छौँ ।’ उनले अदालतले जनताको चाहनानुसार फैसला गर्ने विश्वास समेत व्यक्त गरे ।
FACEBOOK COMMENTS