काठमाडौं, जेठ १३ – प्रतिनिधिसभा विघटन बिरुद्धको रिटमा सुनुवाइ सुरु भएको छ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको बेञ्चमा सुनुवाइ शुरु भएको हो । विघटन बिरुद्ध परेका १९ वटा रिटमा बिहीबार सुनुवाइ हुन्छ । अधिकांश रिट कानुन व्यवसायीहरुले सार्वजनिक सरोकारको विषय (पीआईएल) को अधिकार प्रयोग गरेर दायर गरेका छन् ।
यसअघि प्रधानन्यायाधीश जबराले रिटको सुनुवाइ आफ्नै बेञ्चमा गर्नेगरी पेशी सूची निर्धारण गरेका थिए । सुनुवाइ शुरु गर्न अघि जबराले सबै रिट निवेदकलाई बाहिर पठाएका थिए । कोरोना भाइरसको कारण राणाले सबैलाई पालो पालो आएर बहस गर्न आग्रह गरेका छन् ।
१२ बजेबाट इजलास बसेको हो । इजलास सुरु भएपछि प्रधानन्यायाधीशले ५ जना बाहेक सबै कानून व्यवसायीहरूलाई बाहिर पठाइदिएका छन् । पहिलो नम्बरमा वीरभद्र जोशीसहितले हालेको निवेदन छ । प्रधानन्यायाधीशले निवेदन अध्ययन गर्दैछन् ।
FACEBOOK COMMENTS