काठमाडौं, चैत ३० – प्रतिनिधि सभाको सोमवार बसेको बैठक स्थगित भएको छ । आगामी बैशाख ७ गते मंगलवार बस्ने गरी आजको बैठक स्थगित भएको हो ।सभामुख अग्नीप्रसाद सापकोटाले त्यसबारे संसदमा जानकारी गराएका हुन् ।
आजको बैठकमा सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको थियो । त्यस्तै विभिन्न समितिहरुका नामावलीहरु हेरफेर समेत गरिएको थियो ।प्रतिनिधि सभाको अर्को बैठक मंगलवार दिउँसो १ बजे बस्नेछ ।
FACEBOOK COMMENTS