काठमाण्डौँ — नेपाल वायु सेवा निगमले बिनाप्रतिस्पर्धा निजी क्षेत्रलाई जहाज भाडामा उपलब्ध गराएको छ।
महिना दिनअघि निगमको कार्यकारी अध्यक्ष बनेर आएका मदन खरेलले चार्टर्ड फ्लाइट भन्दै प्रतिस्पर्धाबिनै सस्तो दरमा ट्राभल एजेन्सीलाई जहाज भाडामा उपलब्ध गराएका हुन्।
‘वाई १२–ई’ सिरिजको चिनियाँ जहाज दुर्गममा परीक्षण उडान गराएपछि खरेलले बिनाप्रतिस्पर्धा एअर करिडोर ट्राभल एजेन्सीलाई उपलब्ध गराएका छन्।
पूर्वसचिव शंकरप्रसाद अधिकारीका अनुसार जहाजलगायत सरकारी कुनै वस्तु भाडामा लगाउँदा वा बिक्री गर्दा खुला प्रतिस्पर्धा गराउनुपर्ने कानुनी प्रावधान छ ।
निगमले यो प्रावधानको ठाडो उल्लंघन गर्दै जहाज भाडामा दिएको स्रोतको दाबी छ।
दुर्गमका बासिन्दालाई सेवा दिन भनी भित्र्याइएको जहाज निगमले बिनाप्रतिस्पर्धा भाडामा पर्यटकको चाप हुने लुक्ला उडानमा पठाउने गरेको छ।
— नागरीक
FACEBOOK COMMENTS