काठमाडौं, फागुन २८- नेपालको सार्वजनिक ऋण ११ खर्ब रुपैयाँ नाघेको छ ।अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार माघ महिनासम्म नेपालको सार्वजनिक ऋण ११ खर्ब १४ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।
जसमध्ये आन्तरिक ऋण ४ खर्ब ५१ अर्ब ९ करोड रुपैयाँ आन्तरिक ऋण रहेको छ भने बाह्य ऋण ६ खर्ब ६३ अर्ब ७२ करोड रुपैयाँ रहेको छ । सरकारले देशको बढ्दो आवश्यकताहरु परिपूर्ति गर्नको लागि देशभित्रका संघ सस्था, व्यक्तिहरुबाट ऋण लिने गर्दछ भने बाहिरी देश र सस्थाहरुबाट पनि ऋण लिनुपर्ने हुन्छ ।
नेपालको ऋण ११ खर्ब १४ अर्ब ८१ करोड रुपैयाँलाई आजको जनसंख्या २ करोड ९८ लाख ८५ हजार ३ सय ९६ ले भाग गर्दा हरेक नेपालीको भागमा ३७ हजार ३ सय २ रुपैयाँ ऋण पर्न आउँछ ।
FACEBOOK COMMENTS