काठमाडौं, माघ २४- आज (शनिबार) बिहानैदेखि प्रदेश १ र ५ का विभिन्न स्थानमा दिनभरजसो विद्युत् बन्द गरिने भएको छ।
नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सटडाउन तालिकाअनुसार प्रदेश ५ र प्रदेश १ का का ३/३ वटा फिडरबाट प्रवाहित विद्युत अवरुद्ध गरिने भएको हो।
प्राधिकरणका अनुसार प्रदेश १ को धरान वितरण केन्द्रको धरान फिडरमा अहिले बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् बन्द गरिनेछ। जसले गर्दा धरान वडा नम्बर १, ४, ८, ९, १०, १३, १३, १४ र १६ मा त्यतिन्जेल बत्ती जानेछ।
प्रदेश ५ को नेपालगन्ज वितरण केन्द्रमा दिउँसो १२ः३०देखि ४ः३० सम्म बिजुली बन्द गरिनेछ। जसका कारण न्युरोड, गणेशपुर, धम्बोझी, सानीमा बैंक, पिपल चौतारालगायतका स्थानमा विद्युत् आउने छैन।
यस्तै नेपालगन्जकै एयरपोर्ट फिडरमा बिहान ११ बजेदेखि १२ः३० बजेसम्म
FACEBOOK COMMENTS