काठमाडौं, कार्तिक १९ – राष्ट्रपति विद्यादेवी भण्डारी नवनियुक्त सातै प्रदेशका प्रदेश प्रमुखलाई पद तथा गोपनियताको सपथ गराएकी छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपतिले पद तथा गोपनियताको सपथ गराएकी हुन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरालगायत उपस्थित थिए ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सातै प्रदेश प्रमुखलाई बर्खास्त गरेको थियो ।सरकारको सिफारिसमा राष्ट्रपतिले सोमबार सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् ।
मन्त्रिपरिषद्को सिफारिसमा भण्डारीले प्रदेश नम्बर १ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश नम्बर २ मा तिलक परियार, प्रदेश नम्बर ३ मा विष्णु प्रसाद प्रसाईँ, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश नम्बर ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द प्रसाद कलौनी र सुदूर पश्चिम प्रदेशमा सर्मीला कुमारी पन्तलाई नियुक्त गरेकी हुन् ।
FACEBOOK COMMENTS