काठमाडौं, चैत १ – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कोरोनाविरुद्धको खोप लगाएका छन् । आइतबार (आज) विराटनगरस्थित प्रदेश सभा सचिवालयमा खोप तालिका अनुसार मुख्यमन्त्री राईले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।
मुख्यमन्त्री राईले कोरोनाबाट बच्नका लागि सबैले खोप लगाउनुपर्ने र यो अभियानलाई सहयोग गर्न आग्रह गरेका छन् । यसै गरी प्रदेश १ का प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता राजिव कोइरालाले पनि खोप लगाएका छन् ।
प्रदेश १ का संसद सदस्य, सचिवालय कर्मचारी, संसदका सहयोगीहरुले पनि खोप लगाएका छन् ।
FACEBOOK COMMENTS