काठमाडौं, पुस १२ –प्रदेश नं १ को प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशन आगामी माघ ७ गते बस्ने भएको छ । प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आइतबार बिहान बसेको बैठकले सो दिन अपराह्न २ बजे बैठक बस्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीका स्वकीय सचिव रवि खनालले जानकारी दिए।
प्रदेशसभाको यसअघि छैठौं तथा बजेट अधिवेशन गत साउन ९ गते बसेर अन्त्य भएको थियो ।
यस्तै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। नेपाल कम्युनिष्ट पार्ट (नेकपा) प्रचण्ड-नेपाल समूहका सांसदहरूले आइतबार बिहान राईविरूद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन्।
नेकपामा केन्द्रमा देखिएको विवादसँगै मुख्यमन्त्री राईले शनिबार आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेको भोलीपल्ट तीन मन्त्रीले सामूहिक राजीनामा दिएका छन्।
सामाजिक विकास मन्त्री जिवन घिमिरेसहित सामाजिक विकास राज्यमन्त्री जयमाया गजमेर र उद्योग, वन तथा पर्यटन राज्यमन्त्री विजयकुमार विश्वासले सामूहिक राजीनामा दिएका हुन्।
FACEBOOK COMMENTS