काठमाडौं, भाद्र २३ –४ हजार १ सय ७७ जनामा कोरोना देखिएको प्रदेश १ बाट १ हजार ८ सय ९५ कोरोनामुक्त भइसकेका छन्। जुन कुल संक्रमितको ४५ दशमलव ३६ प्रतिशत हो। कोरोनामुक्त हुनेहरु ३ सय ९३ महिला र १ हजार ५ सय २ जना पुरुष छन्। प्रदेश सामाजिक विकास मन्त्रालयले अहिलेसम्मका संक्रमितमध्ये ५३ दशमलव ६० प्रतिशत प्रदेशभरिका विभिन्न आइसोलेसन केन्द्रमा ररिरहेको जनाएको प्रदेश १ मा कोरोनामुक्त भई फर्किनेको संख्या सबैभन्दा बढी मोरङमा ७ सय ७६ जना छ ।
जसमा २ सय ८ महिला र ५ सय ६८ जना पुरुष छन्। सुनसरीबाट हालसम्म ६० महिला र २ सय ७६ पुरुष गरी कुल ३ सय ३६, झापाबाट ६९ महिला र ३ सय ९० पुरुष गरि ४ सय ५९, इलामबाट ६ महिला र ८० पुरुष गरी ८६ जना, ताप्लेजुङबाट १ महिला र ६ पुरुष गरी ७ जना तथा पाँचथरबाट २ महिला र १२ पुरुष गरी १४ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ। भदौ २२ गतेसम्म धनकुटाबाट २ महिला र १८ पुरुष गरी २० जना, तेह्रथुमबाट १ महिला र ७ पुरुष गरी ८ जना, संखुवासभाबाट ८ पुरुष, खोटाङबाट ३ महिला र १० पुरुष गरि १३ जना, उदयपुरबाट ३२ महिला र ८१ पुरुष गरी १ सय १३ जना, भोजपुर र सोलुखुम्बुबाट ७–७ पुरुष, ओखलढुङ्गाबाट १७ पुरुष तथा प्रदेश १ बाहिरका ९ महिला र १५ पुरुष गरी २४ जना कोरोनामुक्त भएका छन्।
प्रदेश नं १ का बाँकी २ हजार २ सय ३९ जना कोरोना संक्रमितहरु भने सम्बन्धित आइसोलेसन केन्द्र तथा होम आइसोलेसनमा छन्। प्रदेश १ मा कोरोना संक्रमणबाट अहिलेसम्म ४३ जनाको मृत्यु भएको छ । सरकारी तथ्याङ्कअनुसार कुल संक्रमितमध्ये १ दशमलव ०२ प्रतिशत संक्रमितको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार सोमबारसम्म १ लाख ३ सय ४८ जनाको पिसिआर परीक्षण भएको छ। सोमबारमात्र १ हजार ८ सय ६० जनाको पिसिआर भएको थियो। हालसम्म परीक्षण गरिएकामध्ये ९६ हजार १ सय ७१ जनाको रिपोर्ट नेगेटिभ आएको छ। पिसिआर परीक्षण गरिएकामध्ये ४ हजार १ सय ७७ को पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४० हजार ६४३, प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरबाट ३१ हजार ३४३, कोसी अस्पताल विराटनगरबाट २५ हजार ४ सय ३६, मेची अस्पताल झापाबाट २ हजार ८ सय ९१ र अन्य प्रयोगशालाबाट ३५ जनाको परीक्षण भएको छ।
मोरङमा सबैभन्दा बढी ३१ हजार २६७ जनाको परीक्षण गरिएका छ। परीक्षण गरिएकामध्ये २ हजार ४५ जनामा संक्रमण देखिएको छ । सुनसरीमा २३ हजार ६७९ र झापामा २३ हजार ५८५ जनाको परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा ४ वटा प्रयोगशालाबाट अहिले पिसिआर परीक्षण हुँदै आएको छ। बिपीमा गत चैत १८, कोसीमा चैत २९, प्रदेश जनस्वास्थ्य प्रयोगशालाले वैशाख १९ र मेची अस्पतालले साउन ३० गतेबाट परीक्षण सुरु गरेको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४३ रहेको छ।
FACEBOOK COMMENTS