काठमाडौं – प्रदेश ३ का यातायात कार्यालयले आर्थिक वर्ष २०७४/०७५ मा १२ अर्बभन्दा बढी राजस्व संकलन गरेका छन् ।
यातायात विभाग अन्तर्गतका कार्यालयले सवारीसाधन कर, सडक सम्भार तथा मर्मत शुल्क, चालक अनुमतिपत्र तथा सवारी इजाजत दस्तुर, इम्बोस्ड नम्बर जडान शुल्क, दण्ड जरिवाना र यातायात क्षेत्रको आम्दानी शीर्षकमा राजस्व संकलन गरिरहेका छन् ।
त्यही अनुसार विभागले सबैभन्दा बढी राजस्व प्रदेश ३ बाट संकलन गरेको छ ।
विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा प्रदेश ३ बाट मात्रै १२ अर्ब १३ करोड ८५ लाख ४२ हजारभन्दा बढी राजस्व संकलन भएको छ ।
यो कुल यातायात क्षेत्रको राजस्व संकलन रकमको ५१ प्रतिशतभन्दा बढी हो ।
– अन्नपूर्ण
FACEBOOK COMMENTS