काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग वार्ता गर्नुको कुनै औचित्य नरहेको बताएको छ।
नेपाल बार र सर्वोच्च बारको संयुक्त बैठकले प्रधानन्यायाधीशको राजीनामाको विकल्प नभएको ठहर गरेको हो ।
यसैबीच कानुन व्यवसायीहरुले आइतबारदेखि बन्दी प्रत्यक्षीकरण बाहेका मुद्दामा बहस नगर्ने भएका छन् । नेपाल बार एसोसिएसनका अनुसार कानुन व्यवसायीमाथिको आक्रमणको विरुद्धमा देशैभरी बन्दी प्रत्यक्षीकरण बाहेक बहस नगर्ने निर्णय गरिएको हो ।
FACEBOOK COMMENTS