काठमाडौं, पुस २५ – प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अदालती प्रकृयालाई प्रभावित पार्ने गरि पूर्वप्रधानन्यायाधिशहरुले अभिव्यक्ति दिँदै हिडेको भन्दै आपत्ति जनाएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत चार जना पूर्वप्रधानन्यायाधिशहरुले देशको संविधान बनाएको नभई जनताको प्रतिनिधिहरुले लेखेको समेत बताएका छन् ।
साथै उनले उनीहरुको विभिन्न सार्वजनिक अभिव्यक्तिले अदालतमा विचाराधिन अवस्थामा रहेको मुद्धा प्रभाति पार्ने पनि जनाएका छन् ।
उनले त्यस्ता अभिव्यक्ति मार्फत अदालतको न्याय सम्पादनलाई प्रभावति पारी भिडको निहीत चाहना मुताविक फैलला गर्न प्रेरित र बाध्य गर्न दुराशय रहेको आरोप लगाएका छन् ।
संवैधानिक इजलासले गरिरहेको सुनुवाई प्रभावित गर्न पूर्व न्यायाधिशहरुले दिएको संयुक्त वक्तव्य संवैधानिक प्रावधानका हिसावले पूर्णतः गलत रहेको ठहर थापाले गरेका छन् ।
उनले प्रश्न गरेका छन्, सामाजिक मर्यादा र मानकका सारा स्थापित सीमा भत्काउने यस्ता क्रियाकलापले त न्यायिक क्षेत्रमा अराजकता र भिडतन्त्रमा पैरवीलाई नै व्यवहारमा प्रोत्साहन गर्दैन र ?
FACEBOOK COMMENTS