अभिषेक खतिवडा
झापा, ०५ पौष- झापा को दमकमा ” युवा भविस्यका कर्णधार मात्र होइनन वर्तमानका साझेदार पनि हुन ” भन्ने नारा लाई उजागर गर्न इडीएफको आयोजनामा” युवा र राजनीति” विषयमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । शनिवार आयोजित सो कार्यक्रममा युवाहरुको उत्साहपुर्ण सहभागीतामा रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पुर्व सविधानसभा सदस्य दिपक कार्की , विशेष अतिथि नेकपा झापा जिल्ला कमिटी सदस्य अम्बिका खनाल, लिला ढुंगेल दाहाल र अतिथीहरुको रुपमा अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य डम्बर अधिकारी, अनेरास्ववियु जिल्ला कमिटी सदस्य समर्पण खतिवडा लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सभापति प्रविण पाठकले गरेका थिए ।
कार्यक्रम २ सत्रमा सन्चालन गरिएको थियो । पहिलो सत्रमा कार्यक्रम बारे प्रकाश पार्दै कार्यक्रम संयोजक संजय शाहले स्वागत मन्तव्य राखेका थिए । त्यसैगरि विशेष अतिथि खनालले युवा र राजनीति विचको सम्बन्ध प्रस्तुत गर्दै पूर्वको झापामा केपी ओलि जस्तैः नेतृत्व जन्माउन युवाहरु अग्रसर र कसरत गर्नुपर्ने बताए । त्यसैगरी अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य डम्बर अधिकारीले विद्यार्थीहरुका हकहितका लागि अनेरास्ववियुले आफ्नो क्षेत्रबाट निभाउदै आएको भुमिका र राजनीतिक क्षेत्रमा पुर्याउदै आएको योगदान बारेमा प्रष्ट पारे ।
दोस्रो सत्रमा भने खुल्ला बहस सन्चालन गरिएको थियो । जसमा युवाहरुको राजनीति प्रतीको विचार , जिज्ञासा् र युवाहरुको राजनीति प्रतीको सोच, असन्तुष्टि बारेमा खुल्ला बहस गरिएको थियो । उक्त बहसको सहजीकरण गर्दै प्रमुख अतिथि दिपक कार्कीले सम्बोधन गरेका थिए ।
अन्तमा कार्यक्रम समापन गर्दै कार्यक्रम सभापति प्रविण पाठकले युवाहरुको क्षमता विकास र राजनीति क्षेत्रमा युवा हरुलाई अग्रसर बनाउन इडीएफ परिवारबाट अन्य यस्तै किसिमको कार्यक्रमहरु आयोजना गर्ने प्रतिबद्धता जनाए । कार्यक्रम संचालन देशराज नेम्वाङले गरेका थिए ।
FACEBOOK COMMENTS