१८ भदौ, काठमाडौं । सिंगापुरमा उपचाररत प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपाका उपाध्यक्ष वामदेव गौतम आज सिंगापुर जाने भएका छन् । मंगलवार जाने कार्यक्रम रद्द गरेर बसेका गौतम प्रधामन्त्रीकै इच्छा अनुसार आज अपराह्न त्यसतर्फ जान लागेका बताएकाछन् ।
यसअघि गौतम र महासचिव विष्णु पौडेल सँगै जाने कार्यक्रम थियो । गौतमले अन्तिममा आएर भीडभाड गर्न किन जाने भनेर रद्द गरेका थिए । तर, पौडेल पुगेपछि प्रधामन्त्रीलेनै गौतमको खोजी गरेको र फोन गरेरै आइदिए हुन्थ्यो भन्ने चाहेपछि रातारात टिकट मिलाएर जान लागिएको स्रोतले जनाएको छ ।
गौतम अपराह्न १ बजे सिल्क एयरबाट सिंगापुर जादैछन् । यस वाट प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा जटील्ता थपिएको प्रस्ट हुन्छ । नेपालकै बरिष्ठ डाक्टरहरुकै अनुसार पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा जटील्ता थपीदै गएको भनाईहरु आई रहेकाछन् ।
प्रधानमन्त्रीको अहिले मृगौलाको सामान्य उपचार भनिएता पनि सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था थप जटिल भएको बुभिएको छ । ५ दिन अगाडी सिंगापुरको नेसनल युनिभरसिटी अस्पतालमा उपचार गराइ रहेका प्रधानमन्त्री ओलीको १२ बर्ष अघि प्रत्यारोपित मृगौलामा समस्या आएपछि टिचिङ अस्पतालमा राम्रो बेड नभेटिएकोले छाउनी स्थित सैनिक अस्पतालमा उपचार भएको थियो त्यहाँ रगतमा क्रेष्टिनाइनको मात्रा बढी देखिएकोले थप उपचारका लागि गत शनिवार सिंगापुर लगिएको हो ।
यसैबीच विश्वकै सवैभन्दा राम्रो मृगौला प्रत्यारोपण सम्वन्धी अस्पतालमा उनको मृगौला पुनः प्रत्यारोपणको बारेमा पनि छलफल भै रहेको छ । एक पटक प्रत्यारोपित मृगौला फेरी पनि प्रत्यारोपण गर्न मिल्ने भएकोले, यस पटक आएर टाइम मिलाएर फेरी गएर , मृगौलाको पुनः प्रत्यारोपण गरिन सक्छ ।
FACEBOOK COMMENTS