काठमाडौं, मंसिर १०- प्रधानमन्त्री केपी शर्मा ओलीको ‘एपेन्डिसाइटिस’को शल्यक्रिया गरिएको छ । शल्यक्रियापछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई क्याबिनमा सारिएको छ ।
सोमबार राति पेट दुखेकाले उनलाई मंगलबार बिहान ९ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा लगिएको थियो ।
प्रधानमन्त्रीको त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डाक्टर रमेश सिंह भण्डारीको नेतृत्वमा रहेको टोलीले शल्यक्रिया गरेको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिससहित पेटको संक्रमण देखिएपछि शल्यक्रिया गरिएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर रहेकाले अझै तीन–चार दिन अस्पतालमा नै राखेर उपचार गर्नुपर्ने प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा। अरुण सायमीले जानकारी दिए । शल्यक्रियापछि प्रधानमन्त्रीलाई ‘आइसीयु’कक्षमा राखिएको र स्वास्थ्य अवस्था स्थीर रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
FACEBOOK COMMENTS