काठमाडौं, चैत १४- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार राति अस्पताल भर्ना गरिएको छ । उनको श्वास प्रश्वासमा समस्या देखिपछि बिहीबार राति साँढै १० बजेतिर त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरीएको अस्पतालले जनाएको छ ।
प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै गम्भीर समस्या नरहेको अस्पतालले जनाएको छ । प्रधानमन्त्रीलाई आज(शुक्रबार) नै डिस्चार्ज गर्ने तयारी छ ।
प्रधानमन्त्री ओलीको यही फागुन २१ गते त्रिवि शिक्षण अस्पताल महाराजगंजमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
FACEBOOK COMMENTS