काठमाडौं, चैत २५ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले आज बिहान ११ः०० बजे सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने भएका हुन् ।
उक्त सम्बोधन नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारणमार्फत् हेर्न सकिनेछ । कोरोना भाइरसको जोखिम रोक्न सरकारले जारी गरेको लकडाउन, नागरिकको साथ, स्वास्थ्य सेवा, उपचार र सरकारका कदमबारे सम्बोधन हुने जनाइएको छ।
यसअघि प्रधानमन्त्री ओलीले यही विषयमा यही चैत ७ गते राष्ट्रका नाममा सम्बोधन गरेका थिए।
FACEBOOK COMMENTS