काठमाडौं,फागुन २१ – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सकिएको छ । चार घण्टा लगाएर गरिएको प्रत्यारोपण सफल भएको शिक्षण अस्पतालले जनाएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा बिहान १० बजेदेखि प्रत्यारोपण सुरु भएको थियो ।
चिकित्सकहरुका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा उनकी भान्जीको मिर्गौला प्रत्यारोपण गरेर परीक्षण गर्दा ‘युरिन’ लिएको छ । प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालेको डाक्टरको भनाई छ ।
प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपणको कामना गर्दै अस्पतालबाहिर ठूलै सङ्ख्या शुभेच्छुक उपस्थित भएका थिए । विभिन्न देशका प्रमुखले पनि प्रधानमन्त्री ओलीलाई शुभकामना दिएका थिए ।
FACEBOOK COMMENTS