काठमाडौं, फागुन १४ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।
पार्टी एकताको प्रस्ताव लिएर गौतम प्रधानमन्त्री निवास बालुवाटार गएको गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेपछि दुई खेमामा विभाजित भएको छ। गौतम भने आफू पार्टी एकताको पक्षमा रहेको भन्दै तटस्थ बसेका थिए।