काठमाडौं, जेठ ६ – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुको सट्टा राजीनामा दिने भएका छन् । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले एकपटक विश्वासको मत नपाएकाले पुन: विश्वासको मतको प्रक्रियामा नजाने जानकारी गराएको स्रोतले बताएको छ ।
आजै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद सदस्य नरहेका मन्त्रीहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा र दावा लामालाई मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गर्नु र गृहमन्त्री समेत रहेको रामवहादुर थापा बादलले राष्ट्रियसभा उपनिर्वाचनमा पराजय बेहोरे पछि प्रधान मन्त्री ओलि दबावमा परेका छन् ।
हाल संविधानको धारा ७६ (३) अनुसार अल्पमतको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओलीले अब ७६ (५) को सरकारको विकल्पमा जान मार्ग प्रशस्त गर्ने हो भने राजीनामा दिनुपर्ने हुन्छ ।
विधानको धारा ७६ (५) मा विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न सक्ने प्रतिनिधि सभाको जुनसुकै सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने उल्लेख छ ।
FACEBOOK COMMENTS