काठमाडौं, माघ २०-सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग अनौपचारिक कुराकानी शुरु गरेको छ ।खानेपानीमन्त्री मणिचन्द्र थापाले नख्खु कारागार पुगी मंगलबार विहान विप्लप नेतृत्वको नेकपाका नेता हेमन्त प्रकाश ओलीसँग भेटवार्ता गरेका छन् ।
बम बिष्फोट गराएको अभियोगमा पक्राउ परेका ओलीसँग उनले स्वास्थ्य अवस्था र नयाँ राजनीतिक परिस्थितिका बारेमा कुराकानी गरेको बताइएको छ ।माओवादी जनयुद्धताका एउटै दलमा रहेका र पुराना साथी समेत रहेका मन्त्री थापा र ओलीबीच सरकार र विप्लव समुहबीच वार्ताको विषयमा कुराकानी भएको छ । भेटवार्तामा मन्त्री थापाले विप्लव समुहलाई वार्ताका लागि प्रस्ताव गरेको बुझिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री थापालाई विप्लव समूहसँग समन्वय गरी वार्ताको वातावरण बढाउने जिम्मेवारी दिइएको बताइएको छ । यसै जिम्मेवारी अनुसार मन्त्री थापाले आफ्नो सक्रियता बढाएको बताइएको छ ।
विप्लव समुहसँग वार्ता गर्ने विषयमा सरकारले औपचारिक जानकारी नदिएपनि अहिले पूर्व माओवादीहरुलाई आफ्नो पक्षमा ल्याउने प्रयास स्वरूप प्रधानमन्त्री ओलीले विप्लवसँग वार्ता गर्न लागेको बुझिएको छ ।
FACEBOOK COMMENTS