काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएपनि केहि दिन अस्पतालमा नै रहने भएका छन् ।
त्रिवि शिक्षण अस्पतालले पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आएपनि डिस्चार्ज गर्न नसकिने स्पष्ट पारेको हो ।
प्रधानमन्त्रीको पछिल्लो रगत परीक्षण तथा छातीको एक्सरे रिपोर्ट सामान्य रहेको र स्वास्थ्य स्थिति सन्तोषजनक रहेपनि प्रधानमन्त्रीलाई दिइएको औषधिको मात्रा नपुगेकोले अझै केहि दिन अस्पतालमा नै रहनुपर्ने बताइएको छ ।
।
प्रधानमन्त्री ओलीलाई छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलन देखिएपछि सोमबार बिहान अस्पताल भर्ना गरिएको थियो ।
FACEBOOK COMMENTS