काठमाण्डौ- नेपाल कम्युनिष्ट पार्टीको दुईतिहाइ बहुमत प्राप्त सरकारबाट जनताले अनुभुति गर्नेकाम नभएको भन्दै सरकार प्रति असन्तुष्टी बढिरहेको बेला स्वयम प्रधानमन्त्री केपी शर्मा ओली भने आफ्ना मन्त्रीहरु संग असन्तुष्ट रहेका छन् ।
सरकार गठन भएको नौ महिना बितिसक्दा पनि जनताले महसुस हुने काम अझै भएका छैनन् ।
प्रधानमन्त्रीले सरकार भर्खर सरकार गठन भएकाले परिणाम आउन समय लाग्ने बताइरहदाँ सरकारका केही मन्त्रीको काम प्रति असन्तुष्ट जनाएका छन् ।
केपी ओली मन्त्रीको कामबाट असन्तुष्ट भएकैले सबै मन्त्रालयका काम काम अनलनइन मार्फत हेरिरहेका छन् । सबै मन्त्रालयका सचिबलाई प्रधानमन्त्रीले कामको प्रगति विवरण आफुकहाँ पठाउन निर्देशन नै गरेका छन् । प्रधानमन्त्री ओली आफ्ना मन्त्रीसंग असन्तुष्ट भएकै कारण सचिबहरुलाई सिधै निर्देशन दिने गरेका छन् ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा आपुर्ति मन्त्री मातृका यादव, पर्यटन मन्त्री रविन्द्र अधिकारी , वातावरण मन्त्री शक्ति बस्नेत त्यस्तै खानेपानि मन्त्री विना मगर प्रति प्रधानमन्त्रीको उच्च असन्तुष्ट छ ।
गृहमन्त्रीले शान्ती सुरक्षा प्रत्यभुती गराउन नसकेको , निमर्ला काण्डलाई सल्टाउन नसकेको प्रति ओली असन्तुष्ट छन् । सरकार प्रति जनताको आक्रोश बढ्नुमा गृहमन्त्रीको काम गराइ रहेको प्रधानमन्त्री ओलीको ठम्माइ छ ।
त्यस्तै निजी तथा सर्वसाधरण सबैले विश्वास गरेका युवराज खतिवडाका कामले निजी क्षेत्र तथा सर्वसाधरण असन्तुष्ट छन् । खतिवडाले अर्थतन्त्रमा सुधार ल्याउन नसकेको , जनतालाई दोहोरो– तेहेरो करको भारमा पर्दा पनि तिनलाई राहात पुग्ने नीति तथा कर्यक्रम तर्जुमा गर्न नसकेको, विकास खर्च गर्न नसकेको , बैंकमा तरलता आउनुमा अर्थमन्त्रीको कमजोरी भएको प्रधानमन्त्रीको बुझई रहेको स्रोतले बतायो ।
अर्थमन्त्रीले करको विषयमा भ्रम चिर्न नसकेको , लगानियोग्य वातावरण बनाउन पहल नगरेको प्रति ओलाी असन्तुष्ट छन् ।
अर्थमन्त्रीले कर उठाउने बाहेक अन्य काममा असफल रहेको उनको बुझाइ छ । रामबहादुर थापा र युवराज खतिवडाको कामकै कारण सरकार अलोकप्रिय भएको बुझाइ छ ।
पर्यटन मन्त्री रविन्द्र अधिकारीले वाइडबडि काण्ड के हो बुझाउन नसकेको , वन मन्त्री शक्ति बस्नेतले सरकारले गर्ने विकासका काममा अवरोध गर्न खोजेको ( रुख काट्ने विषयमा) र खाने पानि मन्त्री विना मगरले मेलेम्चीको पानी ल्याउन विशेष तदरुकता नदेखाएको प्रति असन्तुष्ट छन् ।
FACEBOOK COMMENTS