काठमाडौं,मंसिर १०- प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । मिर्गौला रोगबाट पीडित ओली मंगलबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा भर्ना भएका हुन् ।
नियमित स्वास्थ्य जाँचका सिलसिलामा मंगलबार बिहानै अस्पताल पुगेका प्रधानमन्त्री ओलीलाई परीक्षणका क्रममा एपेन्डिसाइटिस देखिएको अस्पतालले जनाएको छ ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार एपेन्डिसाइटिस भएपछि अस्पतालले अपरेसनको तयारी गरेको छ ।
१२ वर्षअघि प्रत्यारोपण गराइएको मिर्गौलामा समस्या आएपछि उनले ४ पटक डायलायसिस गराइसकेका छन् ।
FACEBOOK COMMENTS