काठमाडौं,कार्तिक १३- प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। स्वास्थ्यमा समस्या भएपछि प्रम ओलीलाई बुधबार बिहान १० बजे धापासीस्थित ग्राण्डी अस्पताल लगिएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार नियमित स्वास्थ्य जाँचका लागि प्रधानमन्त्रीलाई अस्पताल लगिएको हो । सल्लाहकार अर्यालले स्वास्थ्य परीक्षणपछि आजै प्रधानमन्त्री बालुवाटार फर्कने बताएका छन् । अन्य समयमा अस्वस्थ हुँदा तथा नियमित चेकजाँचका लागि प्रमलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लाने गरिएको थियो।
प्रधानमन्त्री ओलीको यसअघि सिंगापुरमा प्लाज्मा फेरोसिस गरिएको थियो । उनको सिंगापुरमा ६ पटक प्लाज्मा फेरोसिस गरिएको थियो । सिंगापुरमा प्लाज्मा फेरोसिस गरेर ओलीको शरीरमा जम्मा भएको एन्टी बडी नष्ट गरिएको थियो। ओली सिंगापुरमा दुई हप्ता लामो उपचारपछि पछिल्लो पटक गत भदौ २० गते काठमाडौं फर्किएका थिए।
FACEBOOK COMMENTS