काठमाडौं, मंसिर ८ – प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङ प्रस्थान गरेका छन्। सशस्त्र प्रहरीको बीओपी निरीक्षण र विकास निर्माणका कामको अवोकलनका लागि प्रधानमन्त्री ताप्लेजुङ प्रस्थान गरेका हुन्।
उनले ताप्लेजुङको घुन्सामा निर्मित स्वास्थ्य चौकी भवन उद्घाटन गर्नेछन्। यस्तै, नेपाल–चीन सीमा क्षेत्रको निरीक्षण पनि गर्नेछन्। प्रधानमन्त्री ओलीले दुई देशको सीमाना टिपताला भञ्ज्याङ क्षेत्रको हेलिकप्टरमार्फत् निरीक्षण गर्नेछन्।
त्यसपछि प्रधानमन्त्री ओलीको टोली ओलाचुङ्गोला हुँदै इलाम पुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले बताए। प्रधानमन्त्रीले इलामको सन्दकपुरमा निर्मित सशस्त्र प्रहरीको बीओपी निरीक्षण गरेर आजै काठमाडौं फर्कने उनले बताए।
FACEBOOK COMMENTS