काठमाडौँ, १३ फाल्गुन -प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन्।
सर्वोच्च अदालतको फैसलाका कारण राजनीतिक पराजय भोगेका ओलीको राष्ट्रपतिसँगको यो पहिलो भेट हो। ओली साँझ ७ बजे शीतल निवास भेटका लागि पुगेका हुन।
सर्वोच्चको आदेश अनुसार फाल्गुन २४ गतेभित्र संसद बैठक बोलाउनु पर्ने बाध्यतामा रहेका ओलीले यसैबारे छलफल गरेको बुझिएको छ।
FACEBOOK COMMENTS