काठमाडौं, पुस १ – प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ । मंगलबार प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरे विरुद्ध अदालतमा रिट दायर भएको हो ।
उनीहरुविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गरेका हुन् ।
यद्यपि, रिट दर्ता भइसकेको छैन । सर्वोच्च प्रशासनले रिटको अध्ययन गरिरहेको अधिवक्ता अर्यालले जनाएका छन् ।
FACEBOOK COMMENTS