काठमाडौं, २० फागुन – नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच तीन बुँदे सहमित भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भएको वार्तामा सरकार र विप्लवबीच तीन बुँदे सहमति भएको हो।
सरकारसँग तीन बुँदे सहमति भएपछि विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन सहमति भएको हो। सहमतिसँगै सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध हटाएको छ। सरकारले विप्लव समूहका पक्राउ परेका सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने सहमतिसमेत गरेको छ।
वार्ता लागि नेपाल सरकारबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा र विप्लव समूहबाट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा वार्ता टोली गठन भएको थियो।
सहमतिको विस्तृत विवरण शुक्रबार २ बजे एक कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव समूहका महासचिव विप्लवले सम्बोधन गर्ने प्रेस नोटमा उल्लेख गरिएको छ।
FACEBOOK COMMENTS