काठमाडौं,फागुन २६ – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारमुलक भएको कारण उनलाई शुक्रवारभित्र डिस्चार्ज गर्न सकिने चिकित्सकहरुले बताएका छन् ।
त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले यही आधारमा नै स्वास्थ्यमा सुधार आए केही दिनमा नै डिस्चार्ज गर्न सकिने बताएका छन् ।
गत फागुन १९ गते अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको त्यसको दुई दिनपछि अर्थात फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
FACEBOOK COMMENTS