काठमाडाैं, फागुन २०- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधि सभा पुनःस्थापनापछि बन्ने सरकारको विषयमा कांग्रेसले आधिकारिक निर्णय लिइनसकेको बताएका छन् ।
बिहीवार सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै प्रवक्ता शर्माले नयाँ सरकार बनाउने विषयमा थप निर्णयमा पुग्नु आवश्यक भएको बताएका हुन् ।
‘प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढक्याएको छ तर हामीले झ्यालबाट संयमतापूर्वक हेरिरहेका छौं,’ प्रवक्ता शर्माले भने ।
कांग्रेसमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापित गरेर आफ्नै नेतृत्वको सरकार बनाउनुपर्ने मत बलियो छ । त्यही विषयमा छलफल गर्न आज पदाधिकारी बैठक डाकिएको थियो ।
बैठकले कुनै ठोस निर्णय भने गर्न सकेन । यसबारे शुक्रवार बस्ने संसदीय दलको बैठकमा समेत छलफल हुनेछ ।
FACEBOOK COMMENTS