काठमाडौँ — प्रधानमन्त्री रोजगार कार्यक्रम ३ नं प्रदेशबाट शुरु गर्ने तयारी भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
सरकारले उक्त कार्यक्रमका लागि रु तीन अर्ब १० करोड चालू आवमा विनियोजन गरेको छ ।
चालू आ.व.को नीति तथा कार्यक्रम समावेश भएको उक्त कार्यक्रम यसै आ.व.देखि शुरु गरिने मन्त्रालयद्वारा जारी विवरणमा उल्लेख छ ।
रोजगारीको हकमा सरकारले रोजगारी हकसम्बन्धी ऐन निर्माण गरिसकेको छ ।
कुनै पनि नेपाली बाध्यात्मक स्थितिवाहेक रोजगारीका लागि विदेश जानु नपर्ने गरी तयारी भइरहेको मन्त्रालयका सचिव महेश दाहालले बताए ।
उक्त कार्यक्रम शुरु भएलगत्तै देशका ७५३ स्थानीय तहमा रोजगार सेवा केन्द्र खुल्नेछ ।
सो केन्द्रमा करारमा एक जना कर्मचारी भर्ना प्रक्रिया पनि अगाडि बढेको सचिव दाहालले जानकारी दिए ।
केन्द्रले बेरोजगारको तथ्याङ्क सङ्कलन गर्ने, बेरोजगार सीप र तालीम दिएर रोजगार बनाउने अवसर प्रदान गर्नेछ ।
— कारोबार
FACEBOOK COMMENTS