काठमाडौं, असोज १७ – प्रधानमन्त्री केपी ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्यलाभको कामना गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएका राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानियाको स्वास्थ्यलाभको कामना गरेका हुन्।
प्रधानमन्त्री ओलीले ट्रम्पले आफू र पत्नी मेलानियालाई कोरोना पुष्टि भएको जानकारी दिन गरेको ट्वीटरलाई रिट्वीट गर्दै ट्वीटरमार्फत् स्वास्थ्य लाभको कामना गरेका हुन् । कोरोना पुष्टि भएपछि ट्रम्पलाई स्वास्थ्य सावधानीको लागि अस्पताल भर्ना गरिएको छ । अहिले ट्रम्प वाल्टर रीड नेशनल मिलिट्री मेडिकल सेन्टरमा छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार कोरोना संक्रमण पुष्टि भएका ट्रम्पमा लक्षणसमेत देखिन थालेको छ ।
FACEBOOK COMMENTS