काठमाडौं, चैत २२ –प्रभु क्यापिटल लिमिटेडले आफ्ना कर्मचारीहरुलाई सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी विषयमा १ दिने तालिम कार्यक्रम सञ्चालन गरेको छ ।तालिम कार्यक्रम चैत्र २० गते शुक्रबार सम्पन्न भएको हो । तालिम कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडका ३० जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।
उक्त तालिम कार्यक्रम नेपाल धितोपत्र बोर्डका निर्देशक निरञ्जय घिमिरेले प्रदान गरेका थिए ।
FACEBOOK COMMENTS