काठमाडौं, पुस ३- प्रभु क्यापिटल र समृद्धि क्यापिटलबीच मर्जरसम्बन्धि सम्झौता भएको छ । प्रभु बैंकको सहायक कम्पनी प्रभु क्यापिटल र लगानी ब्यवस्थापकको अनुमती पत्र प्राप्त समृद्धि क्यापिटलबीच मर्जर सम्झौता भएको हो ।
प्रारम्भिक समझदारी पत्रमा प्रभुका सञ्चालक भुपिन्द्र खत्री र समृद्धिका अध्यक्ष एलपी भानु शर्माले हस्ताक्षर गरेका छन् । समारोहमा प्रभु बैक लिमिटेडका अध्यक्ष देविप्रकाश भट्टचन, प्रभु बैक लिमिटेडका सञ्चालकहरु रमेश सिंह खडका, अम्बिका शर्मा लामिछाने, प्रभु बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, प्रभु क्यापिटल लिमिटेडका सञ्चालक÷प्रबद्र्घकहरु तथा समृद्धि क्यापिटल लिमिटेडका अन्य सञ्चालक÷प्रबद्र्घकहरुहरुको उपस्थिती रहेको थियो ।
मर्जर पश्चात प्रभु क्यापिटलको नामबाट कारोबार हुने सहमति बनेको छ । मर्जर पश्चात कम्पनीको चुक्तापूँजी ८० करोड भन्दाबढी पुग्ने कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS