काठमाडौं, असोज २३ – प्रभु ग्रुप अन्तरगतको प्रभु डिजिटल प्रालि अब पब्लिक कम्पनीको रुपमा सञ्चालन हुने भएको छ ।नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट इमेल सहित सेवाको अनुमतिपत्र प्राप्त गरेको कम्पनी अब पब्लिक लिमिटेड कम्पनीको रुपमा सञ्चालन हुने भएको हो ।
हालै दूरसञ्चार प्राधिकरणले प्रभु डिजिटल प्रालिको सट्टामा प्रभु डिजिटल लिमिटेड राखी प्राईभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा परिवर्तनको लागि अनुमति दिएको छ ।
यसअघि नै प्रभु डिजिटलले कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्रभु डिजिटल लिमिटेड नाम संसोधन गरिसकेको छ । नाम परिवर्तन र पब्लिक लिमिटेड गरेसँगै कम्पनीलाई सार्वजनिक शेयर निष्कासन गर्ने बाटो समेत खुल्नेछ ।
प्रभु ग्रुप अन्तरगतको कम्पनीले २०७४ साल कात्तिक ७ गतेदेखि अनुमतिपत्र लिई इन्टरनेट सेवा संचालन गरिरहेको छ । यसका साथै कम्पनीले टेलिभिजन, आईपिटिभी र ओटीटी सेवा समेत सञ्चालन गरिरहेको छ ।
FACEBOOK COMMENTS