काठमाण्डौं– प्रभु बैंकले चालू आर्थिक वर्षको ६ महिनामा एक अर्ब आठ करोड १२ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ ।
गत आर्थिक वर्षको यसै अवधिमा प्रभु बैंकको यस्तो नाफा ६३ करोड ४९ लाख रुपैयाँ मात्र थियो । वितरणयोग्य नाफामा आएको यो वृद्धि ७० प्रतिशत हो ।
खराव कर्जा असुल भएसँगै बैंकको नाफा बढेको बैंकले जनाएको छ । गत बर्ष खराव कर्जा ४.१२ प्रतिशत रहेकोमा १.६५ प्रतिशत विन्दुले सुधार भएको छ।
बैंकले गत आर्थिक वर्षको पुस महिनासम्मको तुलनामा २४ करोड ९६ लाख ३९ हजार रुपैयाँले खुद नाफा बढाएको छ ।
प्रभुले यो ६ महिना अवधिमा गत वर्ष ८६ अर्ब १४ करोड १० लाख रुपैयाँ रहेको निक्षेप संकलनलाई बृद्धि गरी एक खर्ब ४ अर्ब ९८ करोड १३ लाख रुपैयाँ पुर्याएको छ भने गत वर्ष ७१ अर्ब ७७ करोड १६ लाख रुपैयाँ रहेको कर्जा प्रवाहलाई बर्ढार ८८ अर्ब १५ करोड ९८ लाख रुपैयाँमा पुर्याएको छ ।
समीक्षा अवधिमा बैंकको निक्षेप संकलन २१.८७ प्रतिशत र कर्जा लगानी २२.८३ प्रतिशतले सुधार भएको छ ।
यस्तै समीक्षा अवधिमा बैंकले ५ अर्ब २२ करोड ४९ लाख ब्याज आम्दानी गरेर ३ अर्ब ७ करोड १८ लाख ब्याज खर्च गरेको छ । जसबाट उसले २ अर्ब १५ करोड ३० लाख रुपैयाँ खुद ब्याज कमाएको छ ।
FACEBOOK COMMENTS