काठमाण्डौँ — सप्तरी जिल्लाको सदरमुकाम राजविराज स्थित मापलपोत कार्यालय परिसरमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर कार्यालय सञ्चालन भएको छ ।
राजविराज नगरपालिकाका नगरप्रमुख शम्भुप्रसाद यादवले बैंकको एक्स्टेन्सन काउण्टरको समुद्घाटन गरेका हुन् ।
उक्त एक्स्टेन्सन काउण्टरले मालपोत कार्यालयको कामको सिलसिलामा मालपोत कार्यालय राजविराजमा आउने सेवाग्राहीहरुलाई बैंकिङ सेवा उपलब्ध गराउने छ ।
बैंकको एक्स्टेन्सन काउण्टरले सेवाग्राहीहरुले मालपोत कार्यालयलाई बुझाउने राजश्व रकम संकलन गर्नेछ ।
उक्त एक्स्टेन्सन काउण्टरबाट मालपोत कार्यालयले बैंकिङ प्रणालीमा प्रवेश गरेको छ ।
FACEBOOK COMMENTS