काठमाडौं, वैशाख ३ – प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा काठमाण्डौं जिल्लाको काठमाण्डौं महानगरपालिकास्थित वडा नं ११ बिशेष अदालतमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
काठमाण्डौं स्थित बिशेष अदालतमा स्थापित एक्स्टेन्सन काउण्टरको मिति २०७८ बैशाख ३गते देखि कारोबार सुरु भएको हो। बिशेष अदालत परिसरमा आज बिहान १० बजे बिशेष अदालत काठमाण्डौेंका न्यायाधीश प्रेमराजकार्किले एक समारोहकाविच प्रभु बैंककाे बिशेष अदालत काठमाण्डौं एक्स्टेन्सन काउण्टरको उद्घाटन गरे ।नेपाल राष्ट्र बैंक तथाअन्य सम्बन्धितनिकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालनगरिरहेको प्रभु बैंकले बिशेष अदालत काठमाण्डौंमा पनिआप्mनो सेवा विस्तार गर्न सफलभएको छ ।
प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित बिशेष अदालतमा आउने सेवा ग्राहीहरुलाई रकम जम्मा गर्न र बिशेष अदालतको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासीतथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
प्रभु बैंकले २१३ वटा शाखाकार्यालय, १८९ वटा एटीएम,५९ वटा एक्स्टेन्सन काउण्टर तथा २ वटा शाखा रहित बैंकिङ्ग सेवामार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।
FACEBOOK COMMENTS