काठमाण्डौं– प्रभु बैंक लिमिटेडले काठमाण्डौंको किर्तिपुर र भक्तपुरको बालकोटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले शाखा विस्तार गरेको बैंकले जनाएको छ ।
बैंकको बालकोट शाखा कार्यालय उद्घाटन संघीय सांसद महेश बस्नेतले गरेका हुन भने कीर्तिपुर शाखाको मेयर रमेश महर्जनले गरेका हुन् ।
कार्यक्रममा प्रभु बैक लि. का प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले आर्थिक समृद्धिका लागि प्रभु बैंक आप्mना ग्राहक महानुभावहरुसँग आवश्यकतानुसार हातेमालो तथा सहकार्य गर्न तयार रहेको बताएका छन् ।
साथै, बैंकले नेपाल सरकारको नीति अनुसार नेपाल राष्ट्र बैंकद्धारा जारी “सहुलियतपूर्ण कर्जाको लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५” अनुसार हालसालै सञ्चालनमा ल्याएको विभिन्न शीर्षकका कर्जाहरु सहज ढंगले कर्जा उपलब्ध गराउँदै आएकोले आवश्यकता अनुसार कर्जा उपभोग गरी आर्थिक अवस्था सुदृढ गर्न अनुरोध गरेका छन् ।
FACEBOOK COMMENTS