काठमाडौं, मंसिर १० -प्रभु बैंकको भिसा कार्ड नचल्ने भएको छ। माघ १ गतेदेखि प्रभु बैंकको हाल प्रचलनमा रहेको भिसा कार्डहरु नचल्ने भएका हुन् ।
मंगलबार बैंकले एक सूचना जारी गर्दै अत्याधुनिक प्रविधियुक्त थप सुरक्षित एससीटी यूपीआई कार्डहरु प्रयोगमा ल्याउनका लागि सो भिसा कार्डहरु विस्थापित गर्न लागेको जानकारी दिएको छ ।
बैंकले माघ १ गते भित्र भिसा कार्ड हुने ग्राहकको लागि नजिकको बैंकमा जानकारी गराएर निःशुल्क नयाँ कार्ड लिन पनि आव्हान गरेको छ। नयाँ कार्ड जारी गर्न बैंकले कार्ड सिस्टम अपग्रेड गरीरहेको छ।