काठमाडौं, पुस ३ – प्रभु बैंक लिमिटेडले आफ्नो २०१औं शाखा सर्लाही जिल्लाको मलंगवा सञ्चालनमा ल्याएको छ । बैंकको मलंगवाशाखा कार्यालयको समुद्घाटन मलंगवा नगरपालिकाका मेयर निरसल साहले विहीबार बिहान गरेका थिए ।
बैंकको मलंगवामा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी निरसल साहूले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताएका छन् ।
बैंकको मलंगवा शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।