काठमाडौं, मंसिर २९ – प्रभु बैंक ए डिभिजन क्लब जावलाखेल युवा क्लबको मुख्य प्रयोजक बनेको भएको छ ।
प्रभु बैंक र जावलाखेल युवा क्लबबीच उक्त समझदारीमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र जावलाखेल युवा क्लबका तर्फबाट अध्यक्ष महेन्द्र क्षेत्रीले हस्ताक्षर गरेका छन् ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत जावलाखेल युवा क्लबलाई दुई किस्ता गरी नगद २५ लाख उपलब्ध गराउनेछ । सो बापत जावलाखेल युवा क्लबको आधिकारिक बैंकका रुपमा प्रभु बैंक रहनेछ ।
जावलाखेल युवा क्लबले भाग लिने सम्पूर्ण खेलकुद सम्बन्धी प्रतियोगिताहरुमा प्रभु बैंक जावलाखेल युवा क्लबको नामले सहभागिता जनाउनेछ ।
जावलाखेल युवा क्लबले प्रभु बैंकमा आफ्नो नाममा खाता खोली सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंक मार्फत् सञ्चालन गर्नेछ । जावलाखेल युवा क्लबको खेलकुद मैदानमा प्रभु बैंकको ब्यानर, होर्डिङ्ग बोर्ड डिस्प्ले बोर्ड लगाई प्रभु बैंकले उपलब्ध गराएको विज्ञापन सामाग्रीहरु प्रचार प्रसार गर्नेछ ।
जावलखेल युवा क्लबका सम्पूर्ण खेलाडीहरुले सहभागिता जनाउने जुनसुकै खेलहरुमा प्रभु बैंकलेखेको जर्सी लगाउनेछन् । जावलाखेल युवा क्लबले सञ्चालन गर्ने जुनसुकै खेलकुद सम्बन्धी प्रतियोगिता तथा कार्यक्रमहरुमा प्रभु बैंकको विज्ञापन प्रशारण गर्नेछ ।
FACEBOOK COMMENTS