काठमाडौं, कार्तिक २९- प्रभु बैंकले निश्कासन गरेको रु. १ अर्ब बराबरको ऋणपत्र बिक्री अवधि समाप्त हुनुअघि नै बिक्री भएको छ ।
बैंकले कात्तिक २१ गतेदेखि एकअर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासन गरेको थियो । जसमा छिटोमा कात्तिक २५ गतेभित्र र ढिलोमा मंसिर २० गतेभित्र आवेदन दिनुपर्ने समयसीमा थियो । तर, बैंकले समयअगावै सबै ऋणपत्र बिक्री भएपछि शुक्रबार बाँडफाँडको काम पनि सकेको छ ।
प्रभु बैंकले ४० करोडरुपैयाँ बराबरको ४० लाखकित्ता ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्कानको माध्यमबाट तथा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता ऋणपत्र परिपत्र विधिबाट संस्थागत÷व्यक्तिहरुलाई विक्रीका लागि छुटाएको थियो ।
रु. १,००० अंकित दरको १० वर्षको भुक्तानी अवधि भएको वार्षिक १०।२५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने गरी जारी गरेको रु. १ अर्ब बराबरको “१०.२५ प्रभु बैंक डिबेञ्चर–२०८६” ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतम् ४,००,००० कित्तासम्मको लागि आवेदन गर्न पाउने व्यवस्था थियो ।
ऋणपत्रलाई इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने इक्रा नेपाल एबीबीबीको रेटिङ प्रदान गरेको थियो ।
FACEBOOK COMMENTS