काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता गरेको अभियोगमा ६ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
जिल्ला वन कार्यालय बर्दियाका तत्कालीन प्रमुख वन अधिकृत भैरवप्रसाद घिमिरे र मयूरबस्ती इलाका वन कार्यालयका फरेस्टर कृष्णप्रसाद घिमिरेले कालिका १ बोकटियास्थित शिवशक्ति सामुदायिक वन उपभोक्ता समितिको १० हेक्टरमा वृक्षरोपण गर्न लाखौं रुपैयाँ पेस्की लिई हिनामिना गरेको अख्तियारले जनाएको छ ।
अभियोगपत्रमा उनीहरूविरुद्ध जनही २ लाख ६ हजार रुपैयाँ बिगो कायम गरी जरिवाना र जेल सजाय मागदाबी गरिएको छ ।
अख्तियारले सब९डिभिजन वन कार्यालय, धनगढीका सहायक वन अधिकृत भरतप्रसाद साह र बिचौलिया पुष्करदेव जोशीविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरूले वन कार्यालयमा अनुसन्धान भइरहेको मुद्दाको मिसिल मिलाइदिने भन्दै सेवाग्राहीसँग ३० हजार रुपैयाँ घूस लिएको अभियोगपत्रमा उल्लेख छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS