काठमाडौँ — अर्थमन्त्री युवराज खतिवडाले डिजिटल प्रविधिका कारण अवैध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) को जोखिम बढेको बताएका छन् ।
सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी काम गर्ने एसिया प्रशान्त क्षेत्र समूह (एपीजी) को वार्षिक साधारणसभा बैठकको उद्घाटनमा खतिवडाले ‘फिनटेक’ नाम दिइने यस्ता प्रविधिका कारण शुद्धीकरणको जोखिम बढेको बताएका हुन् ।
नयाँ प्रविधि र सेवा प्रदायकले अवैध सम्पत्तिको शुद्धीकरणमा सहयोग गर्ने र त्यस्तो सम्पत्ति अपराध र अवैध क्रियाकलापमा प्रयोग हुन थप सहज बनाएको बनाएको बताए ।
गैरबैंकिङ कारोबार बढेको भन्दै नेपाल राष्ट्र बैंकले पनि डिजिटल वालेट र मोबाइल बैंकिङलाई यो आर्थिक वर्षदेखि कडाइ थालेको छ ।
एपीजीको बैठकमा पनि यस्तै प्रकृतिका क्रियाकलाप र नीतिगत व्यवस्थाबारे चर्चा हुने जनाइएको छ ।
बैठक शुक्रबारसम्म चल्नेछ ।
यसका लागि एसिया प्रशान्त र अन्य क्षेत्रका सम्पत्ति शुद्धीकरण निवारणमा काम गर्ने ४ सय विदेशी अधिकारीहरू सहभागी छन् ।
– कान्तिपुर
FACEBOOK COMMENTS