काठमाडौँ — प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्रशमशेर जबराविरुद्ध संसदीय सुनुवाइ समितिमा ९ वटा उजुरी परेका छन् ।
समितिको सचिवालयले ती उजुरी अध्ययनका लागि सदस्यहरूलाई बाँडेको छ ।
उजुरीको यथार्थमाथि समितिले शुक्रबार उजुरीकर्तासँग छलफल गर्नेछ ।
त्यसपछि जबराको संसदीय सुनुवाइ गर्नेछ ।
प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आगामी १७ गतेदेखि उमेर हदका कारण अवकाश पाउँदै छन् ।
— कान्तिपुर
FACEBOOK COMMENTS